बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छुः नेका नेता थापा

Posted on: 11 Aug, 2021

साउन २७, सिन्धुपाल्चोक (रासस)। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गर्नुभएको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गर्नुभएको हो । 

मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो ।

उहाँले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताउनुभयो । 

अघिल्लो सरकारले घोषणा गरेको तत्कालका लागि रु ५० हजार र घर बनाउन दिइने रु पाँच लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्रीसमेत रहनुभएका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!