२ हजार २१२ जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

Posted on: 15 Aug, 2021

साउन ३१, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या सात लाख ३२ हजार २७२  पुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या छ लाख ८२ हजार ६८२ जना पुगेको छ । 

नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५८ आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ ।

थप ३३ को मृत्यु 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कूल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छन् ।  १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!