उपत्यकामा कोरोना जोखिम बढ्यो

Posted on: 18 Aug, 2021

भदौ २, काठमाडौं  । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ ।  पाँच/छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार  नाघेको  छ  ।    स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै  भक्तपुरमा  १४१  सङ्क्रमित  थपिँदा  ललितपुमा  २१९ जना सङ्क्रमित एकैदिन थपिएका  हुन्  ।  मङ्गलबार  काठमाडौँ  उपत्यकामा  मात्र  एक  हजार  ३३  जना  कोरोना  सङ्क्रमित  थपिएका  हुन् ।

११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!