अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

Posted on: 23 Aug, 2021

भदौँ ७, काठमाडौँ  (रासस) । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिनुभयो । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । 

ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताउनुभएको छ । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!