गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलमा समातिए

Posted on: 24 Aug, 2021

भदौ ८, काठमाडौं । लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् ।

कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको विमानस्थल प्रहरीले जनाएको छ । पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको प्रसाईंले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!