कतार जान लागेका एक युवक विमानस्थलबाट पक्राउ

Posted on: 24 Aug, 2021

भदौ ८, काठमाडौँ | विदेश उड्नुअघि लगेजमा गाँजा बोकेर हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फेला परेको थियो ।

लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!