कस्तो रहनेछ आजको मौसम ?

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौं | नेपालमा पछिल्ला दिनमा ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा हुनेछ ।

महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ।

आइतबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार राति थोरै स्थानमा पानी पर्ने सम्भावना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!