‘हामीले कसैका बुढी भगाएका छैनौं’

Posted on: 16 Aug, 2016

प्रेम सुनार/साउन ३२, गुल्मी । गुल्मीका दुई जना युवाहरुले फेशवुक स्टाटस मार्फत एक व्यक्तिले आफुहरुलाई कसैकी बुढी  भगाएको आरोप  लगाएको विरुद्ध विज्ञप्ती लेखेर नभगाएको र कुनै सम्वन्ध पनि नरहेको जिकीर गरेका छन् । 

गौडाकोट–४ का पदमबहादुर पल्ली र सोही गाविस वडा नम्वर ६ का अनिल बिकले विज्ञप्ती लेखेर आफुहरुले स्थानिय एक महिला संग आफुहरुको कुनै सम्वन्ध नभएको  जिकीर गरेका  हुन् ।

स्थानिय कोपिला नाम परिवर्तन महिलाका श्रीमान विदेशमा रहेको वेला पल्ली संग प्रेम सम्वन्ध रहेको  र उनि संग लागेर आफुले विदेशमा कमाएको कमाई समेत  श्रीमतिले हिनमिना गरेको आरोप  उनका श्रीमानले लगाएका छन् । 

तर एक जना फेशवुक प्रयोगकर्ताले स्टाटसमा ति महिला  संग पल्लीले दोश्रो  विवाह गरेको दुई महिना मै फेरी बिक संग तेश्रो विवाह गरेको भन्दै ति महिलाको नाम नै किटेर चरित्र हत्या गरेका थिए ।  

ति महिला र उनै दुई जना  युवाहरुले विज्ञप्ती मार्फत आफुहरुको सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी चरित्र हत्या गरिएको भन्दै खेद प्रकट गरेका छन् । उनिहरुले निज फेशवुकर्तालाई खोजतलास गरी  कार्वाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको बताएका छन् ।

उनिहरुले गुल्मी तथा प्रदेशी र जस्मीन लिम्वु लेखिएको फेशवुक प्रयोगकर्ताको पहिचान भए पनि उनि को हुन भन्ने चिन्न नसकिए पनि प्रहरीमा किटानी जाहेरी दिईएको बताईएको छ । उक्त फेशवुक प्रयोगकर्ताले ति महिला र दुई जना युवाहरुको तस्वीर समेत स्टाटस संगै सार्वजानिक गरेका छन् ।  

ति तिनै जनालाई  व्यक्तिगत रिसईवीका कारण फेशवुक मार्फत बदनाम गर्न खोजेको उनिहरुका आफन्तजनको भनाई छ । आरोति ति युवाहरु सामाजिक कार्यका क्रियाशिल रहँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!