१४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

Posted on: 17 Sep, 2021

न्युज कारखाना | असोज १, दाङ | दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

सुनार र तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँको एक कटेजको कोठामा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!