यस्तो रहनेछ आजको मौसम

Posted on: 18 Sep, 2021

न्युज कारखाना | असोज २, काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ ।

नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!