आज राति प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

Posted on: 19 Sep, 2021

असोज ३, काठमाडौं | आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा वर्षा आँकलन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!