वडाध्यक्ष नआएको झोकमा वडा कार्यालयमा आगजनी

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौं।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधवार एक वडा कार्यालयमा आगजनी भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को वडाध्यक्षको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाइएको हो।

वडाध्यक्ष गंगाराम सुनारका अनुसार आफू नगरपालिकाकै कार्यक्रममा भएका बेला एक व्यक्तिले कार्यालयकै टेलिफोनबाट धम्की दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आगलागीबाट फर्निचर, कुर्सीलगायतमा क्षति भएको बताए। उनका अनुसार घटनास्थलबाट आगलागीमा प्रयोग भएको एउटा बोतल पनि बरामद गरिएको छ। ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ उनले भने, ‘किटानी जाहेरी पनि अहिलेसम्म आइसकेको छैन।’       

यस बिषयमा तपाइको प्रतिक्रिया...!