पत्रकार र सुचना अधिकारी बिच अन्तरक्रिया

Posted on: 23 Sep, 2021

कमल घिमिरे । असोज ७ । पाँचथर ,पाँचथर जिल्लामा सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरु बिच सुचनाको अधिकार कार्यान्वयन तथा प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासंघ पाँचथर शाखा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा सुचना पाउनुपर्ने हक अधिकार सम्बन्धि छलफल भएको थियो । 

 कार्यक्रममा सुचनाको हक सम्बन्धी ऐन २०६४ को प्रभावकारी कार्यन्वयनमा जोड दिँदै स्वत प्रकाशन गर्ने विषयवस्तुलाई समेटेर प्रत्येक ३ महिनामा अनिवार्य सार्वजनिक रुपमा प्रकाशन गर्ने तथा सबै सरकारी कार्यालयहरुले आफ्नो कार्यलयको वेभ साइड नियमित गरी सञ्चालन गरिने निर्णय भएको छ । 

सुचनाको हकलाई प्रभावकारी कार्यान्वयन तथा पारदर्शी बनाउन प्रत्येक तीन महिनामा सुचना अधिकारी र सञ्चमरकर्मीहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जस्ता निर्णय भएका छन् । कार्यक्रम पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!