ठमेलमा जर्मन नागरिक मिटज्याकट मृत फेला

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं। ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन्। जर्मन नागरिक डेविड मिटज्याकट मृत फेला परेका हुन्।

ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए। 

जर्मन नागरिक डेविड तीन महिना अघि पर्यटक भिसामा नेपाल आएका थिए। शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ। मृतकको प्रेमिका नेपाली भएको र उनलाई भेट्न नेपाल आएको प्रहरीले बतायो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!