कपनको ढलमा खसेर बेपत्ता विश्वकर्माको शव ललितपुरमा भेटियो

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं । कपनको मिलनचोकमा ढलमा खसेर बेपत्ता भएका बालक ६ दिन पछि मृत फेला परेका छन्। १० वर्षका बालक उज्ज्वल विश्वकर्माको ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको हो। उनको शव पोष्टमार्टमका लागि पाटन हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ। बालक असोज ४ गते साँझ ढलमा खसेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!