इँटा व्यवसायी लामामाथि अदालत परिसरमै खुकुरी प्रहार

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ । एक इँटा व्यवसायीमाथि अदालत परिसरमै खुकुरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रे घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।    

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले व्यवसायी लामामाथि आइतबार खुकुरी प्रहार गरेका हुन् । मोरङको कटहरी गाउँपालिका ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाको लगानी रहेको छ । कार्कीले किन व्यवसायी लामामाथि खुकुरी प्रहार गरे भन्ने कारण खुलेको छैन ।  

लामाको पेट हातलगायत भागमा गहिरो चोट लागेको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!