कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार

Posted on: 28 Sep, 2021

 असोज १२ , काठमाडौं। कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् ।

महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ  कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट फरार भएका हुन् ।

कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन्। हामीले उनको खोजी गरिरहेका छौं।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!