बर्दियामा चट्याङ लागेर चौधरीको मृत्यु

Posted on: 29 Sep, 2021

असोज १३ काठमाडौँ । बर्दिया राजापुर नगरपालिका– १० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । 

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!