बडादशैंका नौ शुभसाइतबारे ७७ वटै सीडीओ कार्यालयलाई गृह मन्त्रालयको सर्कुलर

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादशैंको शुभसाइतबारे जानकारी गराएको छ। बिजयादशमीको सबै कार्यालयलाइ गृहमन्त्रालयले यस्तो आदेश दिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ।

२१ असोज, बिहीबार – नवरात्रारम्भ/घटनास्थापना, बिहान ११:४६ बजे।

२२ असोज, शुक्रबार – झन्डा फेर्ने, बिहान ११:५६ बजे । (पश्चिम मोहडा)

२५ असोज, सोमबार – श्री पचलीभैरव यात्रा ।

२६ असोज, मंगलबार – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे । स्थिरासन बिहान ८:४४ बजे ।

२७ असोज, बुधबार – महाअष्टमी, कालरात्रि ।

२८ असोज, बिहीबार – महानवमी ।

२९ असोज, शुक्रबार – विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे । टीका – बिहान १०:२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे । स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।

२ कात्तिक, मंगलबार – अखिलबलिपूर्ति ।

२ कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!