मौसम पूर्वानुमान : यी स्थानमा छ भारी वर्षाको सम्भावना ?

Posted on: 01 Oct, 2021

असोज १५ ,  काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

शुक्रबार भारतको झार खण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ। भने, हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!