रोकिएको ट्याक्टर गुडेपछी ठक्कर लागेर एक महिलाको मृत्यु

Posted on: 01 Oct, 2021

असोज १५, काठमाडौँ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।  आँधी खोला–५ सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा एक जना महिलाको मृत्यु भएको हो । 

सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा बिहीबार साँझ साढे ५ः०० बजेको समयमा  ग१त ३१६८ नंको रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकलाई ठक्करबाट घाइते भएकी  विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!