हामीलाई अब सहने छुट छैन : हिमानी शाह

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडौँ ।  पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले प्रतिभा पलायन भइरहेकाे स्थितिलाई सहेर बस्ने सुविधा हामी कसैलाई नभएकाे बताएकी हुन्।

हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ । किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ ।’ कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!