डडेल्धुरामा सुचना दिवस मनाईने

Posted on: 17 Aug, 2016

पुष्कर भण्डारी/भदौ १, डडेल्धुरा । शुक्रबार अर्थात भदौ तिन गते डडेल्धुरामा पनि सुचना दिवस मनाईने भएको छ । 

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सुचना दिवस मनाईन लागेको हो । नेपालको संविधानमा आम नागरिकलाई सुचनाको हक मौलिक मानुनका रुपमा राखिए पछि देशै भर सुचना दिवस मनाईन लागेको छ ।

गृह मन्त्रालयको परिपत्र अनुसार सरोकारवाला संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुचना दिवस २०७३ मनाईने आज बसेको सर्वपक्षिय बैठकले निर्णय गरेको छ । तिन गते मध्यान्ह साढे १२ बजे जिल्ला विकास समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरि सुचना दिवस मनाईने बैठकको निर्णय छ । 

अन्तरक्रिया कार्यक्रममा सुचनाको हक सम्बन्धिका बिषय वस्तु माथि नेपाल पत्रकार महासंघ डडेल्धुरा साखाले प्रश्तुती गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!