लागुऔषध गाँजा बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ | जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ । शनिबार सर्लाहीको मलंगवा नगरपालिका–२, नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट लागुऔषध गाँजासहित ब्रम्हपुरी गाउँपालिका–८, भेल्ही निवासी ४५ बर्षका बिन्देश्वर सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

सहनी गाँजा बोकेर नेपालबाट भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । पैदल यात्री सहनीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको नाइलनको झोलाबाट ३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!