मुगु बस दुर्घटना अपडेटः मृतक ३२ जनाको सनाखत (नामावली सहित)

Posted on: 13 Oct, 2021

असोज २७, काठमाडौँ | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोला मंगलबार भएको दुर्घटनामा परी ज्यान गुमाएका ३२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी हालसम्म ज्यान गुमाएका सबैको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो करिब पौने २ बजे छायाँनाथ रारा नगरपालिका ७ पिना तपने खोला नजिक सडक खण्डमा दुर्घटनामा परेको थियो । बस सडकबाट २०० देखि २५० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

दुर्घनामा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचार नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बसमा ४६ जना यात्रु सवार थिए ।

मृतकहरुको विवरण

मुगु छायानाँथ रारा नगरपालिका वडा ७ की अन्दाजी १९ वर्षीया लग्न सेजुवाल र उनका २ वर्षीय (नाम खुल्न बाकीँ)

सोही नगरपालिका ७ की अन्दाजी २० वर्षीया छोरी मनदेवी बम,

वडा १० झारकोट की अन्दाजी १८ वर्षीया पुजा बुढा,

वडा ८ का ३३ वर्षीय प्यारी वि.क,

वडा ८ का २२ वर्षीय सन्तोष वितालु,

वडा १२ का २२ वर्षीय छाँता साउँद,

वडा ८ ३५ वर्षीय चालक दानबहादुर रावल,

वडा १० की २० वर्षीया सरिता खड्का,

वडा १४ का २२ वर्षीय कर्ण सिंह बुढा,

सोरू गाउँपालिका वडा ३ का २५ वर्षीय मनरूप कुमाल,

छाँयानाथ रारा नगरपालिकाका वडा १ का २३ वर्षीया चन्द्रादेवी मल्ल,

वडा ६ की १९ वर्षीया छोरी राममाया भाम,

वडा १० का १८ वर्षीय अम्मर साउँद,

वडा ११ का २२ वर्षीय प्रकाश बुढा,

वडा ५ का २९ वर्षीय अजय कार्की,

वडा ५ की ३२ वर्षीया कमला वि.सी (रावत),

वडा १० का २२ वर्षीय सुनबहादुर वि.क,

वडा १४ सुम्ली का १९ वर्षीय शिव बुढा,

वडा ७ तोप्लाकी २१ वर्षीया अमृता शाही,

वडा ७ की मृतक अमृता शाहीका ४/५ वर्षीय छोरा (नाम खुल्न बाँकी),

वडा १४ का २० वर्षीय रूपसिंह कार्की,

वडा ७ तोप्लाको २२ वर्षीय महेन्द्र शाही,

बाँके राझाँ बस्ने २२ वर्षीय प्रदिप स्वर्णकार,

छाँयानाथ रारा नगरपालिका वडा १ का १८ वर्षीय चन्द्रप्रकाश भाम,

वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह,

वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट,

सोरू गाउँपालिका वडा ८ का २३ वर्षीय आईत सिंह कामी,

छायानाथ रारा नगरपालिका वडा ८ झ्यारी का ३३ वर्षीया भगवती चन्द,

वडा ७ की १६ वर्षीय सस्मिता बम,

वडा १४ का १८ वर्षीय सन्त भण्डारी,

वडा ८ सिकाढीका १८ वर्षीय नविन बुढा,

यस बिषयमा तपाइको प्रतिक्रिया...!