दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला ! यस्तो छ घरेलु उपचार बिधि

Posted on: 14 Oct, 2021

असोज २८, काठमाडौँ | दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ । 

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।

विशेषगरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फूड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फूड पोइजनको जोखिम बढी हुन्छ।

विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।

फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन् । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो ।

फुड पोइजनले दीर्घकालीन असर नगरेता पनि यसले स्वास्थ्यमा भने नकारात्मक असर पुर्याउछ।

घरेलु उपचार विधि 

- अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ। 

- नरिवल पानी सेवन गर्दा औषधिको काम गर्छ ।

- तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा राहत मिल्छ।

- एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ।

- एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ।

- फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ।

- यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!