वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित

Posted on: 20 Oct, 2021

कात्तिक ३, काठमाडौं | सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!