नेपाली सेनाका हवल्दारले आफैलाई गोली हाने

Posted on: 18 Aug, 2016

प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै फेरी आज अर्को घटनाको रहस्य बाहिर आएको छ । 

नेपाली सेनाका एक जना हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेको खबर बाहिर आए पनि नाम भने सेनाले अझै खोलेको छैन् । 

पृतना हाताभित्रै हबल्दार दर्जामा कार्यरत सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेको सैनिक प्रबक्ता तारा बहादुर कार्कीले जानकारी दिनुभयो । तर उनको नाम भने अहिल्यै भन्न नसकिने कार्किले बताए  । 

घटना भएर पनि  पोष्टमार्टम भैसकेको र यसबारेमा अनुसन्धान गर्न टोली पनि परिचालन समेत भईसकेको प्रबक्ता कार्कीले भनाई छ । तर, घटनाको सम्पूर्ण छानविन नभई यथार्थ बिबरण सबै भन्न नसकिने उहाले बताउनुभयो । 

यसबिषयमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टको नेतृत्वमा पनि टोली खटिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!