धादिङमा 'वाइरिङ सर्ट' भएर यात्रुवाहक बसमा आगलागी

Posted on: 24 Oct, 2021

कात्तिक ७, धादिङ | धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । 

प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बसमा भने पूर्ण रूपमा क्षति पुगेको छ ।

गजुरीमा बजारमा आइपुगेपछि गुडिरहेको सो बसभित्र एक्कासि धुँवा देखिएपछि यात्रुलाई चालकले बाहिर निकालेका थिए ।

बसभित्र धुँवादेखिपछि रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । यात्रुका केही सरसमान भने जलेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!