फेवातालमा बेपत्ता युवकको शव फेला

Posted on: 19 Aug, 2016

भदौ ३, पोखरा । फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ । 

रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

मृतक शाहीको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!