डोटीमा जीपबाट खसेर किशोरीको मृत्यु

Posted on: 21 Nov, 2021

मङ्सिर ५, धनगढी । डोटीको केआईसिंह गाउँपालिका–८ मा जिपबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

शनिबार सदरमुकाम दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७१६ नम्बरको जीपबाट खसेर शिखर नगरपालिका–११ की १५ वर्षीया आशा विकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गम्भीर घाइते भएकी विकको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!