आज ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on: 23 Nov, 2021

मङ्सिर ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट

 ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २७३ जना कोरोना संक्रमित भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । 

हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!