व्यापारी दियालको शोकमा डडेल्धुरा सदरमुकामका बजार बन्द

Posted on: 19 Aug, 2016

ललित बोहरा/भदौ ३, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखि होटेल व्यवसाय संचालन गर्दै आएका गोबिन्द दियालको असमायिक निधन पछि शोकमा डडेल्धुरा सदरमुकामका व्यवसायिहरुले आज केही बेर बजार बन्द गरेका छन् । 

उनको निधन पछि यहाका व्यापारीले आज दिउसो पछि आफ्ना व्यापारिक होटेल एवं पसल बन्द गरेका थिए । तुफान डाँडामा रहेको होटेल महेश्वरीका सञ्चालक दियालको मृत्युको शोकमा डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तिपुर क्षेत्रका व्यपारिले आफ्ना व्यापारिक होटेल पसल बन्द गरेका थिए । 

केही दिन देखि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका व्यापारी दियालको स्वास्थ्यमा केही सुधार आए पछि उनलाई आज बिहान उनको घर डडेल्धुरा पु¥याईएको थियो । घर पु¥यादा साथ स्वास्थ्यमा जटिलता भए पछि उपक्षेत्रिय अस्पताल डडेल्धुरा पु¥याईका उनको अस्पताल पु¥याएको दुई तिन घण्टामै ज्यान गएको उनका आफन्तले जनाएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!