यस्तो छ आजको राशीफलः सूर्योदयको दर्शन गर्दा सबै जातकलाई लाभ

Posted on: 28 Nov, 2021

मंसिर १२, काठमाडौँ | आज मंसिर १२ गते आइतवार, तदनुसार २८ नोभेम्बर । मंसिर कृष्णपक्षको नवमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, वैधृति योग, चन्द्रमा सिंह राशीमा रहेको छ । आजका देवता दिती, ग्रहदेव गुरु । आइतबारलाई आदित्यबार पनि भनिन्छ । त्यसैले हरेक आइतबारको दिन विहान सूर्यको दर्शन गर्नु उत्तम मानिन्छ । आजको दिन ११ः३१ देखि १२ः१३ सम्म अभिजित मुहूर्तको समय छ । आइतबार ३ः५० देखि ५ ः०९ को समयमा राहु काल रहेको छ । ज्योतिष शास्त्रकाअनुसार राहु काललाई अशुभ समय मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ब्यापार व्यवसायमा हुनुहुन्छ भने आज विहान सूर्योदयको दर्शनपछि ब्यापार शुभारम्भ गर्दा तपाईलाई लाभ  हुनेछ । परिवार र मित्रबाट साथ सहयोग पाउनु हुनेछ । विहानको उदाउदो सूर्यको र देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर उर्जा र कार्यसिद्धि हुने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु राम्रो हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन कसैसँग वादविवाद नगर्नु नैं उत्तम हुनेछ । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आज मौन रहनु राम्रो हुनेछ । परिवारमा अनावश्यक विवाद बढ्न सक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचेअनुसार काम नहुँदा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । त्यसैले आज कुनै पनि काम गर्दा सावधानी रहनु होला। आफूले गरिरहेको व्यापार व्यवसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गरेमा संकट हट्न सक्छ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचेअनुसारका कार्य पूरा हुँदा तपाईको मनमा खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । चन्द्रमा दाहिना भएकाले पनि तपाईको गरेको कामको प्रशंसा हुनेछ । आज विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईमा केही उर्जा बढ्ने छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातकका लागि यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउन सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । अध्ययन अनुसन्धानमा सफलता मिल्नेछ ।

तला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आइतबार तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम गर्नुहोला ।  आज कसैसँग पनि विवाद नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुने संभावना छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईलाई सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाइको आजको दिन ब्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्य प्रशंसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला ।  

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आज  भेट गर्दा तपाईलाई साथ सहयोग हुनेछ । नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्न उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्य स्तोत्र पाठ गर्नुहोला ।   

 मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक कार्य र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । देवालयमा गएर केही दान दिनुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नु पहिले पूर्वतयारी गर्नु होला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईको लागि उत्तम हुनेछ  । सकारात्मक सोच र समाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

साताको पहिलो दिन पराक्रम गर्ने दिन हो । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझ शिवालय वा देवालयकोे यात्रा गर्दा फलदायी हुनेछ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!