सदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त गरेपछि झन समस्यामा

Posted on: 22 Aug, 2016

ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेपनी उनीहरुलाई घर, जग्गा, उपलब्ध गराउन नसक्दा मुक्त हलियाहरु झन समस्यामा परेका हुन् । 

राष्टिय मुक्त हलिया समाज महासंघले प्रत्येक जिल्लामा मुक्त हलियाहरुको बर्तमा अबस्था र सरोकारवालाहरुको भूमीका बारेमा छलफल गरीरहेको छ । 

यसै क्रममा सोमबार डडेल्धुरामा पनी मुक्त हलियाहरुको बर्तमान अबस्था र सरोकावालाहरुको भूमीका बिषयक बृहत अन्तरक्रिया सम्पन्न गरीएको छ । मुक्त हलियाको बर्तमान अबस्थाबारे जिम्मेबार सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको जिल्ला मुक्त हलिया समाजका अध्यक्ष पूर्ण बहादुर सार्कीले बताएका छन् । 

बृहत अन्तरक्रियामा पुनःस्थानपनको लागी सरकारले लिएको रकम २ लाख निकै न्यून भएको ,मुक्त हलियाको बर्गीकरणमा समस्या, घर निमार्ण गर्न दिएको रकम पाप्त समयमा नहुनु, दाई भाईको फरक फरक परिचयपत्र ,परिचय पत्र नै नपाएको लगायतका बिषयमा बिशेष छलफल भएको थियो । 

नेपाल सरकारले गत आर्थिक बर्षमा पुनः स्थापनाको लागी ८५ जनालाई २ लाखका दरले आर्थीक सहयोगरको भएपनी यसमा  थप चुनैती र समस्या रहेको जिल्ला मुक्त हलिया समाज डडेल्धुराका कार्यक्रम संयोजक एवंम अधिबक्ता हरि सिह बोहराले बताए ।

कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी  उद्धय बहादुर सिहले मुक्त हलिया महासंघले बिशेष पहल गर्नु पर्ने जानकारी गराउदै  हाम्रो तर्फबाट हुने पहल बिशेष रुपमा गर्नेमा जोड दिएका थिए । 

कार्यक्रमा जिल्ला स्थीत सम्पर्ण राजनीतक दल, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको र जिल्लाभरका सम्पूर्ण मुक्त हलियाहरुको सहभागीता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!