डडेल्धुरामा पनि महशुल नबुझाउने ग्राहकहरुको लाइन धमाधम काट्दै

Posted on: 23 Aug, 2016

भावना पौडेल | भदौ ७, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने कार्य जारी राखेको छ । 

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने देशब्यापि अभियान अन्र्तगत डडेल्धुरामा पनि लाइन काट्न शुरु गरेको डडेल्धुरा वितरण केन्द्रका निमित्त प्रमुख पुष्पराज भट्टले जानकारी दिएका छन । डडेल्धुरा जिल्लामा रहेका थुप्रै ग्राहकहरुबाट झण्डै ६०–७० लाख महशुल उठ्न बाकिँ रहेको जनाइएको छ । 

प्रत्येक दिन २०–२० ग्राहकको लाइन काट्ने काम भइरहेको र मगंलबार सम्म ६० जना ग्राहकहरुको लाइन काटिएको निमित्त प्रमूख भट्टले बताएका छन । साथै यस बारे प्रत्येक दिन दिउँसो २ बजे भित्र क्षेत्रिय कार्यालयलाई समेत जानकारी गराइने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!