फेवातालमा डुबेर एक जनाको मृत्यु

Posted on: 25 Aug, 2016

भदौ ९, पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज मध्याह्न स्याङ्जा टुनीबोट गाविस घर भई हाल पोखराको रत्नचोकमा बस्दै आएका अमृत मगरको मृत्यु भएको छ । 

तालमा डुबेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लाने क्रममा उनको बाटामै मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!