गौरा पर्व डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाईयो

Posted on: 25 Aug, 2016

ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । 

सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा गौरा पर्व आज मनाइदैछ ।  

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन  घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । 

यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । यहाँका नागरिकहरुले देउडा गीत गाएर नृत्य गरी रमाइलो समेत गर्ने गर्दछन ।

यस्तै सुदुरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैं भन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । यसैबीच गौरा पर्वको अवसरमा सुदूरपश्चिमवासी काठमाण्डुको टुँडिखेलमा देउडा गीत र नृत्य प्रस्तुत गरिरहेका छन । 

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् । गौरा पर्वका अवसरमा राष्ट्रपति विद्यादृवी भण्डारीले शुभकामना दिनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!