घैटो फुटाई प्रतियोगीताको सबै पुरस्कार आग्राको कब्जामा

Posted on: 26 Aug, 2016

भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको  छ । 

विगत  २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगरको  शिखरकोट वजारमा भयोको थियो । २५ फिट ,२०  फिट र १८ फिड उचाईमा रहेको घैँटो फुटाउदै आग्रा युवा क्लवले उपाधि उचालेको हो । 

आग्राले जे.एफ सुनचादि पसल सिखरपुरका प्रोपाईटार दमिन दियाली बाट प्रमपुरस्कार स्वरुप ५ हजार, राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कि बाट द्धितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नदिप लघुवित्त थाहानगरका प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ ।  

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलि पल्ट विगत २०५२ साल देखि यस प्रतियोगिता हुँदै आइरहेको छ ।  शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगितो यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको शिखरकोट वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसिले जानकारी दिनु भयो । 

आजको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा यस वर्ष देखि थाहा कला केन्द्र मकवानपुरको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना भएको थियो । सांस्कृतिक कार्यक्रममा मकवापुर आईडल भएका दिपराज केसि,द्धितिय स्थान हाँसिल गर्नु भएका दिपक कालिराज लगायतले आफ्ने प्रस्तुति राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!