सुन्दरपश्चिम सहकारी संस्था डडेल्धुराद्धारा एक बर्षमा १ करोड बढीको कारोबार

Posted on: 27 Aug, 2016

ललित बोहरा/भदौ ११, डडेल्धुरा । सुन्दरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डडेल्धुराले गत आर्थिक बर्ष २०७२/०७३ मा १ करोड २८ लाख ६७ हजार ४ सय ४२ बराबरको कारोबार गरेको जनाएको छ । 

१ सय ८५ जना सदस्य संख्या रहेको संस्थाको सातौँ बार्षिकोत्षव कार्यक्रममा दिइएको जानकारी अनुसार निक्षेप बचत, दैनिक बचत, ऐच्छिक बचत, महिला बचत, बाल बचत र आशिंक बचत गरी १ बर्षको अबधिमा सो कारोवार भएको हो । 

एक वर्षको अवधिमा २ लाख १६ हजार मुनाफा र २ लाख ७ हजार ११ रुपैँया शेयर सदस्यलाई ब्याँज समेत बितरण गरेको छ । शनिबार सम्पन्न साधारण सभामा ७ जना सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा ४ जना असल कारोबारी र ३ जनालाई समयमै असल बचत कर्ताहरुलाई दोसल्ला  र प्रमाण पत्र प्रदान गरि सम्मान गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!