डडेल्धुरामा बृद्धि गरिएको मुल्य सुची तत्काललाई स्थगित

Posted on: 27 Aug, 2016

ललित बोहरा/भदौ ११, डडेल्धुरा । होटेल व्यवसायी संघ डडेल्धुराले भदौ १ गते देखि लागु हुने गरी कायम गरेको नयाँ दर रेट तत्काल लागु नगर्ने भएको छ । 

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी उदय सिंहको निर्देशनमा पुरानै दर रेट कायम गरिएको हो । सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा एवं बडा दशैँ तिहार लाई मध्यनजर गरी तत्काल नँया दर–रेट कायम नगर्ने होटल व्यवसायि संघ डडेल्धुराले जनाएको छ ।

भारी मुल्य बृद्धि सम्बन्धि बसेको होटेल व्यवसायी संघको बैठकले अहिले पुरानै मुल्य कायम गरेको हो । एकासी गरिएको मुल्य बृद्धिले ग्राहकलाई निकै मर्का परेको स्थानियको भनाई छ । विवेकपुर्ण तवरबाट मुल्य बृद्धि नभएकाले यसको मार होटेल सञ्चालकहरुले पनि खेप्नु परे पछि तत्काललाई पुरानै मुल्य कायम गरिएको कतिपय होटेल सञ्चालकले बताउने गरेका छन । 

यस अघि भदौ १ गते देखि लागु हुने गरी खाना नास्ता लगायत होटेलमा उपलब्ध चिज वस्तुको दरभाउ १५ प्रतिशत भन्दा बढीले बढाएको थियो । 

तर होटेल व्यवसायी संघ डडेल्धुराले दशै लगत्तै नँया मुल्य सुचि कायम गरिने जनाएको छ । डडेल्धुराका छिमेकी जिल्लाहरुमा पनि मुल्य बृद्धि गरिएकाले डडेल्धुरामा पनि त्यही अनुसारको मूल्य बृद्धि भएको होटेल व्यवसायी संघ डडेल्धुराले जनाएको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!