डडेल्धुरा लगायत सुदूरपश्चिमभर गौरा पर्वको रौनकता झन–झन बढ्दै

Posted on: 28 Aug, 2016

ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । मौलिक पर्व गौराको अबसरमा ग्रामिण क्षेत्रमा रमाइलो तथा जनचेतनात्मक कार्यक्रम गरी बिभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । 

डडेल्धुराको गाङ्खेत गाबिसमा २ दिने देउडा प्रतियोगिताको आयोजना गरिएको छ । महिला सञ्जाल गाङ्खेतको आर्थिक सहयोग तथा परिवर्तन युवा क्लबको आयोजनामा गरिएको देउडा प्रतियोगितामा उत्कृष्ट एक जना देउडियालाई सम्मान गरिने सहकर्मी राम खड्काले साझा सवाललाई जानकारी दिएका छन । यस्तै उता बझाङको दहबगर गाबिस–१ मा सेलाधारा गाडामा सोमबार गाबिस स्तरिय खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । गौरा पर्व व्यवस्थापन समितिका अध्यक्ष टङ्क प्रसाद जोशीको अध्यक्षतामा प्रतियोगिताको आयोजना गरिएको समिति सदस्य शंकर बहादुर बोहराले रेडियो अमरगढीलाई बताएका छन । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश १५ सय, १ हजार, ७ सय र ३ सय नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसैबीच बैतडीको शंकरपुर गाबिसमा सुदुरपश्चिमको देउडा संस्कृतीलाई जोगाउन सञ्चालन गरीएको देउडा प्रतियोगीता आज पनि जारी छ । आसपासका रौलेश्वर, संकरपुर, सिखरपुर, बिजयपुर लगायतका गाबिसबाट १३ जना पुरुष र २ जना महिला देउडीयाहरुको सहभागीता रहेको सहकर्मी रेबिका कुँवरले साझा सबाललाई बताएकी छन । उदयदेव अटकोष समीतीको आयोजनामा सञ्चालन भएको प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश २५ सय, २ हजार, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । शुक्रबारबाट सञ्चालन भएको प्रतियोगीता सोमबार सम्पन्न हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!