स्यालको टोकाईबाट ८ जना घाईते, ५ जनाको अवस्था गम्भीर

Posted on: 28 Aug, 2016

ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ का ३ जना र वडा नं ५ का ५ जना गरी ८ जना घाइते भएका स्थानीय लोक राज भट्टले साझा सबाल अनलाइनलाई जानकारी दिएका छन् । 

गम्भीर घाईते भएका ३५ बर्षीय जसु देबी भूल, १४ बर्षीय नारद भूल, १४ बर्षीय सुनीता भूल, ८ बर्षीय गोमा कुमारी भूल, र १८ बर्षीय पदमा कुमारी भट्ट गरी  ५ जनालाई  उपक्षेत्रीय अस्पताले काठमाण्डौका बिभीन्न अस्पतालहरुमा रिफर गरेको प्रहरी हल्दार लोकेद्र बहादुर चन्दले जानकारी दिएका छन् भने सामान्य घाईते ६० बर्षीय जानकी भूल, ६० बर्षीय कै पदमा भूल र बिमल भूल गरी ३ जनाको  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भएपछि घर र्फकेका छन ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!