जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले मनायो बार्षिकोत्षव

Posted on: 29 Aug, 2016

ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिकोत्षवको अबसरमा ब्लड बैङ्क डडेल्धुरालाई रक्तदान गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाद्धारा सञ्चालित ब्लड बैङ्कमा ८ युनिट रक्तदान गरेको ब्लड बैङ्क इनचार्ज गणेश ऐरले बताएका छन । बार्षिकोत्षवको उपलक्ष्यमा गरिएको रक्तदानले रगत आवश्यक भएका बिरामीहरुलाई जीवनदान मिल्ने भन्दै ब्लड बैङ्क डडेल्धुराले जिल्ला खेलकुद बिकास समितिलाई धन्यबाद ज्ञापन गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!