अपराध नियन्त्रणमा सहयोग गर्न प्रहरी नायव उपरिक्षक शाहीको सबै संग आग्रह

Posted on: 30 Aug, 2016

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आएका प्रहरी नायव उपरिक्षक शाहीले मदिराका कारण डडेल्धुरा जिल्लामा घरेलु हिंसा हुने तथ्यांकमा उल्लेख भएकाले मदिरा नियन्त्रणका लागी आफ्नो पहिलो प्रयास हुने बताएका छन ।

डडेल्धुरा सदरमुकाम तथा आस पासका क्षेत्रमा बाह््रौ मास चल्ने जुवा तास नियन्त्रणका लागी आफ्नो प्रयास जारी रहने उनले बताएका छन । जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मी संग परिचयात्मक कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले प्रहरी प्रशासनबाटै सुचना दिएको आधारमा विभिन्न अपराधिक क्रियाकलाप भएको सञ्चारकर्मीले गराएको जानकारी पछि यस्ता क्रियाकलापमा संलग्नको खोज तलास गरी कानुनी दायरामा ल्याउने बतााएका छन ।

पछिल्लो समय डडेल्धुरा तस्करको ट्रान्जिटका रुपमा स्थापित हुदै गएको प्रति आफु सचेत भएकाले अपराधिक त्रियाकलाप रोक्नमा प्रहरीलाई आम सबैले सहयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!