पुस्तकालय दिवसको अबसरमा डडेल्धुरामा निबन्ध प्रतियोगिता सम्पन्न

Posted on: 30 Aug, 2016

धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा बालसरोकार डडेल्धुरा र माउन्टेन बहुमुखि क्याम्पसको सहकार्यमा ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ निबन्ध प्रतियोगिता सम्पन्न भएको हो ।

जसमा माउन्टेन बहुमुखि क्याम्पसमा कक्षा १० मा अध्यनरत छात्र शुसिल बोहरा प्रथम, ज्ञानोदय उमाबिमा कक्षा ९ मा अध्यनरत छात्रा नेहा कर्ण द्धितिय, क्याम्ब्रिज पब्लिक स्कुलमा १० मा अध्यनरत छात्र रमेश ऐर तृतिय र माउन्टेन बहुमुखि क्याम्पसकै कक्षा ९ मा अध्यनरत छात्रा अस्मिता साहु चौथो भएकि छन । सप्ताहब्यापी कार्यक्रम अन्तर्गतको निबन्ध प्रतियोगितामा ८ बिद्यालयका बिद्यार्थीहरु सहभागि थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!