डडेल्धुरामा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम

Posted on: 30 Aug, 2016

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । एक आपसमा भएका तिक्ततालाई हटाएर मेलमिलापको भावना पैदा भई यसपालिको तिजले आम सबैमा सदभाव कायम गरोस भन्ने शुभकामना आदान प्रदान गरी डडेल्धुरा सदरमुकाममा मंगलबार तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम मनाईएको छ ।

होटेल द ग्रिनल्याण्डको आयोजनामा डडेल्धुराका विभिन्न गाविस एवं दुई वठै नगरपालिका महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । नाच गान गरि दर खाँदै एक आपसमा शुभकाना साटासाट गर्दै कार्यक्रम सम्पन्न गरिएको छ । विगतका बर्षमा पनि निरन्तर रुपमा तिजको समयमा शुभकामना आदान प्रदान तथा दर खुवाने कार्यक्रम गर्दै आएकाले यस बर्ष पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको होटेल सञ्चालक रोहित देउवाले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!