रुखले किचेर रामेछापमा एक जनाको मृत्यु

Posted on: 30 Aug, 2016

प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्दै गर्दा रुख आफूतिर आएको देखेर ज्यान जोगाउन भाग्ने क्रममा नजिकैको सानो भीरबाट लडेर चन्द्रबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लडेका चन्द्रबहादुरलाई रुखले समेत किचेको थियो । उनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!