बढिघाट खोलामा महिलाको शव फेला

Posted on: 31 Aug, 2016

 प्रेम सुनार, भदौ–१५, गुल्मी । गुल्मीको बढिघाट खोलामा एक बृद्धा महिलाको शव फेला परेको छ । बाग्लुङ्गको गलकोट हटियाकी ७० वर्षिया बृद्धा कौशिला बोहराको शव आँपचौरको झक्कले भन्ने स्थानको बढिघाट खोला किनारमा शव फेला परेको हो ।  मजुवा प्रहरी चौकीका अनुसार उनको शव सडेगलेको अवस्थामा भएकोले पोष्टमार्टम नगरी आफन्तलाई बुझाईएको छ । उनि दुई दिन अघि घरबाट हिडेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!