गौडाकोटमा भव्य खेल र तिज गीत प्रतियोगिता

Posted on: 02 Sep, 2016

प्रेम सुनार/भदौ १७, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मीको गौडाकोटमा क्रियाशिल न्यु दिपज्योति युवा कल्वले भलिवल र तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

 हिजो देखि सुरु भएको उक्त प्रतियोगिता भद्रौं १९ गते समापन गरिने क्लवका अध्यक्ष पदमबहादुर पल्लीले जानकारी दिए । प्रतियोगिताको भव्य समारोहका विच नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी पल्लीले न्यु दिपज्योति युवा क्लवले मौलीक सांस्कृति संरक्षण, खेलकुद विकास र सामाजिक क्षेत्रमा खेलेको रचनात्मक कार्य उदाहरणीय रहेको बताएका थिए ।

२० टिम सहभागी रहेको भलिवल प्रतियोगिता संगै भदौं १९ गते बृहत तिज गीत प्रतियोगिता हुने क्लवले जनाएको छ । हरेक वर्ष क्लवले हरितालिका तीजमा भव्य तीज गीत कार्यक्रम राखेको हुन्छ र सदरमुकामका मानिसहरु समेत यहाँको तिज गीत छाडेर त्यहाँ हेर्न जाने गरेका छन् ।  

राजारुन्खा माध्यमिक विद्यालयको प्राङ्गाणमा हुने कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी विष्णु वराल , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी , सल्लाहकार मनोज काउछा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 त्यस क्लवलाई सक्रिय पार्दै मौलिक संस्कृती संरक्षण र खेलकुद विकासको मुख्य संस्थाका रुपमा काम गर्ने एकै परिवारका तिन भाई रहेका छन् । युकेमा कार्यरत गौडाकोट ७ का गोकर्ण बस्नेत अमेरिकामा कार्यरत अविनास बस्नेत,  र अष्ट्रेलियमा कार्यरत अशोक बस्नेतले हरेक वर्ष क्लव मार्फत यस्ता कार्यहरु गर्दै आएका छन् ।

  यसपाली पनि प्रथम पुरष्कार ४० हजार राशी उनिहरुबाटै प्राप्त भएको क्लवका अध्यक्ष पल्लीले बताए ।  दृतिय पुरस्कार शौजन्य कर्ता रहेका छन् गौडाकोट ४ का टोपबहादुर पल्लीका सुपुत्र सनम पल्ली । उनले  वेलायतको सेनामा कार्यरत रहेर २० हजार शौजन्य गरेका हुन् । वेलायतबाटै गोकर्ण बस्नेतले तेश्रो पुरस्कार राशी १० हजार पनि शौजन्य गरेका छन् ।

  गौडाकोट पधेरामाथी निवासी विरबहादुर बस्नेत र सिता बस्नेतका सुपुत्रहरु गोकर्ण बस्ने , अविनास र अशोक बस्नेत प्रति क्लवले आभार प्रकट गरेको छ । उनिहरु क्लवका पुर्व सक्रिय पदाधिकारी र हाल सल्लाहकार रहेको जनाईएको छ ।  

त्यस्तै तिज गीत तर्फ प्रथम पुरस्कार १५ हजार राशीको शौजन्य क्लवका पुर्व अध्यक्ष ठाकुर पल्लीकी छोरी कोमल पल्लीले जापानबाट पठाएकी हुन् । दृतिय पुरस्कार १० हजार क्लका पुर्व खेल संयोजक मेहर पल्लीले जापानबाट पठाएका छन् । तृतिय पुरस्कार ५ हजार तम्घासमा रहेको अस्मीता पुस्तक पसलका धनी आशा थापाले गरेकी छिन् । 

उद्घाटन सत्रमा अतिथीहरुलाई स्थानिय महिलाहरुले तीज गीतले सम्मान गर्दै मनोरञ्जन पनि दिएका थिए ।  क्लवका अध्यक्ष पदम पल्लीको अध्यक्षता रहेको थियो भने सञ्चालन सचिव अनिल बिकले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!